फाइल तस्विर- चीनको राष्ट्रिय झण्डा

तहल्का नेपाल, भाद्र २५ –

केही मिडियाले हालै दावी गरे अनुसार ताइवानले अमेरिकासँग नयाँ आर्थिक वार्तालाप स्थापित गर्नेछ ।  व्यापार र लगानी फ्रेमवर्क सम्झौतामा वार्तालाप पुनः सुरु गर्न सक्ने संकेत समेत गरेकाछन् ।

खबरमा जनाईए अनुसार ताइवान अधिकारीहरू अमेरिकी वाणिज्य सचिव विल्बर रसको हुनसक्ने ताइवान भ्रमणका विषयमा सक्रियताका साथ प्रचार गर्दै छन् ।

ताइवानले यस टापुमा आर्थिक बृद्धि, उर्जा र वातावरणका लागि विदेशमामला सम्बन्धि उप-सचिव किथ क्र्याचलाई आमन्त्रित गर्न सक्दछन् । ताइवान अधिकारीहरु त्यस्ता घटनाहरुलाई अगाडि बढाउन चाहन्छन् जुन आफ्नो अडानलाई बढावा दिन वाशिंगटनको प्रभावमा निर्भर रहन्छ ।

तर के यी घटनाहरूले ताइवान DPP का अधिकारीहरूलाई सुरक्षा दिन्छ ? के अमेरिकाले ताइवानलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्नेछ ? यस्ता सावलको उत्तर नै छैन ।

ताइवान अमेरिकीहरूको हातमा एक सानो शतरंज मात्र हो । एकपटक परिस्थितिमा परिवर्तन भयो भने, ताइवान अधिकारीहरूले  नराम्ररी गुमाउनेछन् । के तिनीहरूले ५० बर्ष पहिलेको इतिहास बिर्सिसकेका छन् ?

ताइवान भ्रमण गर्ने योजना बनाइरहेका अमेरिकी अधिकारीहरूले दुईपटक सोच्न जरुरि छ । तपाईले चिनियाँ जनताको हृदयमा ताइवान प्रश्नको वजन बुझ्नु पर्छ ।

ताइवानको प्रश्नमा चीनलाई उक्साउन हिम्मत गर्ने अमेरिकीहरुका विषयमा चिनियाँ जनताले आजीवन याद गर्नेछन् ।

अब कहिल्यै चीन नफर्क, तिमिहरुलाई कुनै  स्वागत हुन्न । तिमी र तिमीसंग सम्बद्ध कम्पनीहरूले चीनसँग व्यापार गर्न रोक्नु पर्नेछ । साथै प्रतिबन्धहरूको एवं परिणामको सामना गर्नु पर्नेछ । (लेखक ग्लोबल टाइम्सका सम्पादक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.