निषेधाज्ञा
तस्वीर: निषेधाज्ञा  अवधिमा राजधानिको सडक

तहल्का नेपाल, भदौ २४ –  उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो गरी निजी सवारीलाई जोर विजोर चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारी तथा अन्य सम्बन्धित सरोकारवालहरुको हिजो भएको बैठकले सो अनुसारको निर्णय गरी गृहमन्त्रालय पठाएको बैठकका एक सहभागीले बताए ।
यसबारे गृहबाट अनुमति प्राप्त हुनसाथ आजै निषेधाज्ञाको मोडालिटी सार्वजनिक गरिने ती अधिकारीको भनाइ छ । मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर निर्णय गृह मन्त्रालय पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.