तहल्का  नेपाल, भदौ १५ –

उत्तरी शहर ऋषिकेशको पवित्र पुलमा आफूलाई नाङ्गो बनाएको भिडियो बनाएको आरोपमा एक फ्रान्सेली महिला भारतमा पक्राउ परेको छ ।

लक्ष्मण झूला पुलमा खचेको भिडियो सोशल मीडियामा पोस्ट गरिएको थियो । एएफपी समाचार एजेन्सी रिपोर्टका अनुसार महिलालाई भारतको इन्टरनेट कानून अन्तर्गत आरोप लगाइएको छ र दोषी ठहरिएमा तीन वर्षसम्म जेल सजाय हुन सक्छ ।

गंगा नदीमा रहेको झोलुंगे पुल  पवित्र स्थल र पर्यटकहरूको लागि लोकप्रिय ठाउँ हो । जमानतमा रिहा भएको महिलाले पुलिसलाई भनिन् कि उनको ज्वेलरी व्यवसायलाई प्रमोट गर्नका लागि भिडियो बनाइएको थियो ।

“हुनसक्छ फ्रान्समा यी चीजहरूलाई आपत्तिजनक ठानिदैन। तर ऋषिकेश पवित्र स्थान हो र लक्ष्मण झुला त्यो ठाउँ हो जहाँ हिन्दू देवताहरू राम, उनका भाई लक्ष्मण र पत्नी सीता गंगा पार गरेको पवित्र स्थानकारुपमा विश्वास गरिन्छ,” महिलालाई लगिएको पुलिस स्टेशनका प्रमुख आरके सकलानीले एएफपीलाई बताइन् । आधिकारिक रूपमा चिन्न नसकिने महिलालाई बिहीबार पक्राउ गरिएको थियो।

“सोधपुछको क्रममा उनले नाउडमा भिडियो खिचेको स्वीकार गरिन तर उनले भारतमा यो गैरकानुनी हो भन्ने कुरा थाहा नभएको दावी गरिन । उनले भनिन कि भिडियो र फोटोशूट उनको माला-नेकलेस व्यवसायलाई बढावा दिने उद्देश्यकालागि थियो,” अर्की प्रहरी अधिकारी भारतीय अखबार हिन्दुस्तान टाइम्सलाई भनिन । केस प्रक्रिया हुन महिनौं लाग्न सक्छ ।

(बिबिसी विश्व सेवा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.