तहल्का  नेपाल, भदौ १४ –

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ हुन् ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । उक्त प्रहरी कार्यलयका अनुसार चारैजना अभियुक्तहरुलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.