तहल्का नेपाल –

फाईल तस्वीर/ कोरोन

दैनिकजसो कोरोना संक्रमितको संख्या बढिरँहदा नेपालमा पनि सर्वसाधरण जनतामा त्रासको वाताबरण देखिएको छ । विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टिगरेको छ।

आज सुक्रबार सम्मको तथ्याङ्क अनुसार नेपालभरि सङ्क्रमण पुष्टि हुने संक्रमित व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।विगत २४ घण्टाको  अवधिमा कोभिड-१९ देखिएका थप १२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। नेपालमा यतिको संख्यामा एकै दिन मृत्यु पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो। एक चिनियाँ नागरिकसहित देशभरि १९५ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १६,०१९ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.