तहल्का नेपाल –

फाइल तस्विर / उत्तर पुस्तिका

आफ्ना कक्षा १० का विद्यार्थीको मूल्याङ्कन गर्ने विषयमा यतिबेला धेरै शिक्षकहरु अलमलमा छन् । कोभिड–१९ का कारण शिक्षकले विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न पाउने व्यवस्था माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिले गरिदिएको छ ।

कार्यविधिले यही असार २० गतेभित्र विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले असार २० गतेभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

शिक्षक तथा प्रधानाध्यापकलाई विद्यार्थी तथा अभिभावकले बढी अङ्क प्रदान गर्ने व्यापक दवाव दिँदै आएका छन् । थुप्रै सामुदायिक विद्यालयले एसईई अगाडि पूर्वतयारी परीक्षा लिएका छैनन् । त्यसले गर्दा कतिपय शिक्षक तथा प्रधानाध्यापकले मूल्याङ्कनको आधार कसलाई लिने भन्नेमा पनि अन्योल मान्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.