तहल्का नेपाल –

फाइल तस्वीर : मन्त्रिपरिषद बैठक

मन्त्रिपरिषद्ले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै थप निर्णय भएको  छैन्  ।

साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हालकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सभा, समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्विमिङ पुल पनि खुला हुने छैनन् ।

सरकारले तोकेका २० बाहेक अन्य अन्तर्राष्ट्रिय सीमानाकासमेत बन्द नै रहनेछन् भने रेस्टुरेन्टहरू प्याकिङ र ‘टेक अवे’ सेवा दिनेगरी खुला गर्न सकिनेछ भने क्वारेन्टाइन बनाइएकाबाहेकका होटल बन्द नै रहने जनाइएको छ ।

निर्णय अनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चल्नेछन् । यसैगरी, उद्धारबाहेकका सबै हवाई उडान, विद्यालय तथा शैक्षिक संस्था पनि बन्द नै रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.