तहल्का नेपाल –

कोरोना महामारिले आक्रान्त बनिरहेको समयमा  सरकारको भुमिकालाई लिएर देशको चौतर्फि भुभागमा आक्रोस बढ्न थालेको छ । पीसीआर  परिक्षण पर्याप्त रुपमा व्यवस्था गर्न जनदवाव वढ्न थालेपछि थप पीसीआर मेशिन खरिद गर्ने प्रयास हुन थालेका छन् ।

दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेवल पीसीआर मेसिन आयात गर्न लागेको हो ।

उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.