तहल्का नेपाल –

 तस्वीर : मन्त्रिपरिषद बैठक

सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी तथा विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण परीक्षा लिन नसकिएको जानकारी दिएका छन् । कोरोना महामारीको

अवस्थामा विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने निर्णयमा सरकार पुगेको छ । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर यस पटकका लागि एसईईको परीक्षाको निकास निकालिने भएको छ ।
सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.