तहल्का नेपाल –

आफ्नो जन्मभुमि भारत प्रति निकै कट्टरता प्रदर्शन गरिरहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले आम नेपाली जनता, सम्प्रभुता निहित संसदले समेत दलगतरुपमा सर्वसम्मतरुपले संविधान संसोशन विधेयकको पक्षमा आफुलाई उभ्याउँदा त्यसका विरुद्ध घृणित/ निन्दनिय ढंगले राष्ट्रका विरुद्ध एक विधेयक दर्ता गराएकि छिन् । गिरिको निन्दनिय कार्यप्रति सर्वत्र विरोध भइरहेको छ ।
समाजवादी पार्टीले निज राष्ट्र विरोधि सांसदलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन निर्देशन दिएको भन्ने बुझिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएकी हुन् ।
सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएको र उक्त विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न वाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।
नेपालको संघिय संसदमा यस प्रकारको निन्दनिय हर्कत देखिनुको प्रमुख कारक तत्व चैं सत्ता जोगाउन भारतको आशिर्वाद लिनै पर्ने विगतका लघुताभास राजनितिक नेत्रित्व नै हो ।
भारतिय आर्थिक भुक्तानिमा नेपालमा राजनिति, पत्रकारीता तथा कर्मचारी तन्त्रमा रहि भारतको सेवा गर्ने नेपाली जनता प्रति घात गर्ने देशद्रोहिहरुको नाम भारतिय आधिकारिक एजेन्टका रुपमा शंका गरिएकी गिरिले सप्रमाण नेपाली मिडियाम छरपष्ट गरिदेलीन भन्नेकुराले समेत त्रस्त रहेको आम जनताले आसमका गर्न थालेका छन् ।