तहल्का नेपाल –

प्र म केपी शर्मा ओली / फाईल तस्वीर

प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको आगामी रणनीतिका सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा परामर्श गर्नुभएको हो ।
प्रधामन्त्रीले बैठकपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, “अर्थशास्त्री, योजनाविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, स्वास्थ्यकर्मी, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।” कोरोना भाइरस नियन्त्रण सम्बन्धमा समाजका विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श बैठक आयोजना गरेका हुन् ।

चार घण्टासम्म चलेको छलफलमा विभिन्न क्षेत्रका २५ जना विषय विज्ञहरूको सहभागिता रहेको जनाइएको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समेत उपस्थिति रहेको थियो ।
कोरोनाभाइरस नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गर्दैआएको छ । लामो समयको बन्दाबन्दीका कारण सामाजिक तथा आर्थिक क्षेत्रमा असर पुगेको भन्दै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठिरहेको छ । छलफलमा बन्दाबन्दीको परिवर्तित स्वरुपका बारेमा समेत छलफल भएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.