ङकङ सम्बन्धि परराष्ट्रको भनाई

तहल्का नेपाल –

चीनले हङकङको शान्ती, कानुन र व्यवश्था सम्बन्धि जारि गरेको कानुनलाई लिएर मुख्यत: विभिन्न पश्चिमा मुलुकहरुले विरोध जनाईरहेका समयमा नेपालले उक्त विषयमा प्रतिकृया दिएको छ । चीनले  हालै  हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

एक असल छिमिकिको नाताले नेपाल सदैव एक चीन नितीप्रती  प्रतिवद्ध हुंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.