तहल्का नेपाल –

नेपालमा थप एक जनाकाे कोरोनाका करण मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको  यो मृत्यु संगै नेपालमा काेराेनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको  छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो जानकारी दिएका हुन् ।  मृतक पुरुष जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको जानकारी हुनआएको छ । अपरेसनपछि गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो।

प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु  भइसकेको छ। बुधबार निज वृद्धको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.