तहल्का नेपाल –

कोरोना महामारी बाट विश्व नै आक्रान्त भइरहेको वर्तमान अवश्थामा नेपालमा पनि दिनानु दिन संक्रमितको संख्या तिव्र ढंगले वृद्धि भैरहेको छ । सरकारको तयारि भने  जुन ढंगले कोरोना संक्रमितको संख्या वृद्धि भैरहेको छ सो अनुरुप हुन सकिरहेको छैन ।

स्वास्थ्य मंत्रालयले दिएको जानकारि अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

प्राप्त तथ्यांक अनुसार  रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जना व्यक्तिमा संक्रमण भेटिएकाे छ ।

भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

 डिस्चार्ज ४५ जना, कुल २६६ ड

प्रवक्ता देवकोटाका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निकाे भएर डिस्चार्ज भएका हुन्  ।

हालसम्म डिस्चार्ज संख्या

उपचाररत संक्रमितहरु मध्ये कुल २६६ डिस्चार्ज भएका छन् भने क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेको जानकारी स्वास्थ मंत्रालयका प्रवक्ताले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.