तहल्का नेपाल –

Asian Development Bank

विश्व नै  कोरोना महामारी बाट आक्रान्त बनिरहेको अबस्थामा विश्व मै आर्थिक सँकटको वादल मडारिएको छ ।  एशियाली विकास बैङ्क (एडिबी) ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै ३० अर्ब रुपियँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । सो सम्वन्धमा अर्थमन्त्रालयमा सोमवार आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका  सचिव र बैंकका देशीय निर्देशकले हस्ताक्षर गरेकाछन् । उक्त अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाको पनि उपस्थिति रहेको थियो ।

विश्वका अनेकौं मुलुकमा हुन गएको क्षति जस्तै नेपालमा पनि विभिन्न प्रभाव देखिन थालेको छ । आज भएको ऋण संझौता बाट प्राप्त रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा उक्त रकम  खर्च गर्न सकिने छ  । बैंकले दिएको जानकारि अनुसार गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनरुत्थानमा जानसमेत उक्त रकम उपयोगी हुने छ ।

कोरोना कहरले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको र नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ । कोभिड–१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सिएआरइएस) कार्यक्रमअन्तर्गत नेपालले बैङ्कबाट उक्त ऋण सहायता पाएको हो । ऋण सहयोगबाट सरकारले सातवटै प्रदेशमा कम्तीमा दुई लाख क्वारेन्टाइन निर्माण गर्न र दैनिक तीन हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने जानकारी एडिबीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.