तहल्का नेपाल –

बाजुरा जिल्ला बुढीगँगा नगरपालिका–१ घर भएका बाजुराकी दुई वर्षीया बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या रहेको बताईएको छ । निज बालिकाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण भएको पुष्टि भएको छ । मृतक बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनाल बट जानकारी प्राप्त भएको  छ । बाबुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बुझिएको छ ।उनीसहित मृतकको  संख्या आठ पुगेको छ ।

भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । निजको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको बताइएको छ । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै सात जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  जेठ १७ गते साम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी  विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार  कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला  छन् । ७७ जिल्ला मध्ये कोराना संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोराना संक्रमित हुने जिल्लाको संख्या क्रमश: वृद्धि हुँदै जाने सजिलै अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.