तहल्का नेपाल –

आन्तरिक विवादको भुमरिमा फसेको नेकपाले शनिबार बिहान ९: ३० बजेका लागि सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रवार  बालुवाटारमा भेटर्वार्ता भएपछि उक्त   बैठकको तय भएको हो ।
बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको  हो । एमसीसीलाई लिएर नेकपामा    तिव्र विवाद छ ।
पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ । एमसीसीलाई झलनाथ खनाल, भिमरावल एवं माधव नेपाल लगाएतका सचिवालय सदस्य ससक्त विरोधमा गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.