तहल्का नेपाल –

अन्य कोरोना संक्रमित  देशहरुमा झैँ  केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा १७० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार २१२ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार २४ घण्टामा तीन हजार २३८ जनाको पीसीआर र तीन हजार ४४४ जनाको आरडिटी विधिबाट परीक्षण भएको छ । हालसम्म पीसीआरबाट ६४ हजार १५४ जना र एक लाख पाँच हजार ४७८ जनाको आरडिटीबाट परीक्षण भएको छ । साथै निको भएर घर जानेको सङ्ख्या २०६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.