तहल्का नेपाल –

संसदमा  प्रमुख प्रतिपक्षी दलकारुपमा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको निष्कर्षमा पुगेको ।
बजेट कार्यन्वयन हुने भन्दा पनि  यसले केवल जनतालाई आश्वासन मात्र वाडेको कांग्रेसको निर्क्यौल रहेकोछ । पार्टी

सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद् भवन, बानेश्वरको ल्होत्से सभाकक्षमा बसेको बैठकमा विभिन्न अर्थविद्हरूसँग  समेत छलफल गरेको नेपाली कांग्रेसले जनाएको छ ।
संसदिय दलको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको नपाईएको जानकारी गराए।

दलको निर्णयमा भनिएको छ, ‘महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गलाई सम्बोधन हुने कुनै पनि ठोस कार्ययोजनालाई बजेटले सम्बोधन गरेको छैन ।’
नेपालको मुख्य समस्यामध्येको एक रोजगारी भएको र कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको सङ्कटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गर्ने खालको बजेट ल्याउन नसकेको भनाइ पनि कांग्रेसको छ ।
बैठकमा काँग्रेश सम्बद्ध विभिन्न साँसदहरुका साथै विज्ञका रुपमा पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेलले बजेटका विविध पक्षको चर्चा गर्दै यसका कमी, कमजोरी र त्रुटिहरूको बारेमा बैठकलाई जानकारी गराउनुभयो ।
बैठकमा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्तिहरू हातहतियारसहित गई तोडफोड गरेको कार्यको कांग्रेसले भर्त्सना गरेको छ ।
यसैबीच, संविधान संशोधनको विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.