तहल्का नेपाल –

कोरोनाको महामारिले थलिएको पर्यटन उद्दोगले ०७७/०७८ को बजेटले केहि राहत दिलाउने पर्यटन व्यवशायीले सरकार प्रति आशा गरेको गरेको पाईन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै कोरोनाको असर नियन्त्रणपछि राष्ट्रसेवक कर्मचारी तथा निजी तथा सङ्गठित क्षेत्रका कर्मचारीलाई देश भ्रमण गर्न प्रोत्साहित गर्न देश दर्शन कार्यक्रम ल्याइने उल्लेख गरेका छन् ।

पर्यटन प्रवर्द्धन गर्न एक अर्ब २६ कराेड रुपियाँ बजेटकाे व्यवस्था गरिएकाे छ । कोरोनाका कारण मारमा परेको पर्यटन उद्योगलाई माथि उठाउन कोरोना नियन्त्रण

भएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘देश दर्शन’ कार्यक्रमलाई प्रोत्साहित गरिने सरकारले बजेटमा उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.