तहल्का नेपाल –

ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद क्षेत्रका लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेका हुन् । चालू आर्थिक वर्षका लागि भने तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरेको छ । मन्त्रि खतिवडाले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनसक्ने गरी खेलकुद पूर्वाधार विकास गर्न बजेट छुट्याएको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.