रामजनक कटुवाल-

१५ जेष्ठ ०७७, काठमाण्डौं – कोरोना भाईरसबाट सृजित हुने कोभिड १९ रोगको संक्रमण नियन्त्रण गर्ने नाममा गत २०७६ चैत्र ११ गतेबाट सरकारले जारी गरेको बन्दाबन्दी सम्वन्धी निर्णय भएको पनि २ महिना भन्दा बढी भई सकेको छ । मानिसहरु प्रायः यथास्थानमा नै खुम्चिन बाध्य भएका छन । स्वतन्त्र पन्छी झै खुल्ला आकाशमा उड्न रुचाउने मानव स्वभाव घरको चौघेरा भित्र थुनिएको छ । यो अन्तरालमा मानिसहरुमा रोगले गर्ने असरको वास्तविकता भन्दा पनि बढी नै डर र आतंक सृजना भएको देखिन्छ । नेपालमा कोरोना भाईरस संक्रमित नहुँदा कै अवस्थामा बन्दाबन्दी लागु हुँदा नै आम मानिसमा ठूलो संत्रास भएको थियो, जुन संत्रास कोरोना भाईरसको उद्धगम स्थल वुहानबाट पहिलो पछक उद्धार गरिएका नेपाली ल्याउँदा खरिपाटी आसपासका वासिन्दामा पाएको भन्दा पनि बढी नै थियो । झन पहिलो मृत्युको समाचारले त जनजीवन नै आतंकित बनाएको थियो । यी खाले कोरोना भाईरस सर्ने डर र त्रास जति विरामी बढदै गए त्यति नै हल्का हुँदै गएको महसुस भएको पाईन्छ । अझ निको भएर डिस्चार्ज भएका विरामीको समाचार प्रकाशित हुने क्रमसंगै संत्रास शक्तिमा बदलिनु स्वभाविक हो
यद्दपी दीर्घ तथा भयानक रोगबाट ग्रसित मानिसहरु भने नियमित स्वास्थ्य परीक्षण (Follow-up) को लागि अस्पताल जान पनि डराई रहेको पाईएको छ । जसका कारण आउने रोगबाट भन्दा पनि आफुसंगै रहेका रोगका कारण मानिसहरुले अकालमा ज्यान गुमाउने खतरा बढेको छ । जसको पछाडीको कारण भनेको महामारी फैलावटको श्रोतको रुपमा अस्पतालहरुलाई हेरिनु । हुन त केहि मृत्युका घटनाहरु विवादित पनि रहन पुगे । तरै पनि अहिले संचालनमा रहेका अस्पतालहरु सामान्य अवस्थामा भन्दा बढी नै सचेतना पूर्वक संचालनमा आएको पाईन्छ । त्यसमाथि पनि सरकारले सम्भावित कोरोना भाईरस संक्रमितहरुको उपचारको लागि भनि अस्पताल नै छुट्याई दिएको छ ।
सरकारले कोरोना भाईरस संक्रमितहरुको उपचारका लागि भनि विरामीको स्वास्थ्य अवस्थाका आधारमा अस्पतालहरुको वर्गीकरण गरेको छ । विरामीको अवस्था (Level 3 COVID19 Hospitals) कस्तो प्रकारको रहेको छ, सोही आधारमा उपचार स्थलहरुको व्यवस्था गरेको छ । जसअनुसार हाल कोडिभ १९ अस्पतालहरुलाई चार तहमा विभाजन गरेको छ ।

१) लेवल ३ कोभिड–१९ अस्पतालहरु (Level 3 COVID Hospitals) कोरोना भाईरस संक्रमणका कारण कोभिड १९ रोग पहिचान भई स्वास्थ्यमा उच्च समस्या देखिएका (Severe) विरामीहरुको लागि निम्न बमोजिम कोभिड–१९ अस्पतालहरु तेकिएका छन । यस बर्गमा सघन उपचार गराउनु पर्ने विरामीहरु लिने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार:

  •  वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
  • त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाण्डौ
  •  नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके

लेवल २ कोभिड–१९ अस्पतालहरु (Level 2 COVID Hospitals) कोरोना भाईरस संक्रमणका कारण कोभिड १९ रोग पहिचान भई स्वास्थ्यमा मध्यम समस्या देखिएका ९ःयमभचबतभ० विरामीहरुको लागि निम्न बमोजिम कोभिड–१९ अस्पतालहरु तेकिएका छन । यस बर्गमा विशेष उपचार गराउनु पर्ने विरामीहरु लिने गरिन्छ ।

बाग्मति प्रदेश (३ नं. प्रदेश)

  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाण्डौं ।
  • पाटन अस्पताल, ललितपुर
  • नेपाल सशस्त्र प्रहरी अस्पताल, वलम्वु, काठमाण्डौ
  • भरतपुर अस्पताल, चितवन

प्रदेश १

  • कोशी अस्पताल, विराटनगर, मोरङ्ग

प्रदेश २

  • नारायणी अस्पताल, विरगञ्ज, पर्सा
  • जनकपुर अस्पताल, जनकपुर

गण्डकी

  • पोखरा एकेडेमी अफ हेल्थ साईन्स अस्पताल पोखरा

प्रदेश ५

  • लुम्विनी अस्पताल, बुटवल, रुपन्देही

कर्णाली

  • कर्णाली एकेडेमी अफ हेल्थ साईन्स, जुम्ला
  • सुर्खेत अस्पताल,

सुदुरपश्चिम

  • सेती अस्पताल

लेवल १ कोभिड–१९ अस्पतालहरु (Level 1 COVID Hospitals) कोरोना भाईरस संक्रमणका कारण कोभिड १९ रोग पहिचान भई स्वास्थ्यमा मध्यम समस्या देखिएका (Moderate) विरामीहरुको लागि समेत कोभिड–१९ अस्पतालहरु तेकिएका छन । यस बर्गमा उल्लेख गरिएका अस्पतालहरुमा   कोडिभ १९ को सामान्य लक्षण देखा परेका विरामीहरुको उपचार गरिन्छ ।

  • बाग्मति आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर काठमाण्डौं ।
  • काठमाण्डौ मेडिकल कलेज, दुवाकोट भक्तपुर
  • कोरोना अस्थायी अस्पताल (भरतपुर अस्पताल), चितवन

प्रदेश १

  • अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, मोरङ्ग

प्रदेश २

  • जानकी अस्पताल, जनकपुर

गण्डकी

  • बाग्लुङ्ग अस्पताल
  • अस्थायी कोभिड अस्पताल आईसोलेशन वार्ड पोखरा एकेडेमी अफ हेल्थ साईन्स अस्पताल पोखरा

प्रदेश ५

  • राप्ती एकेडेमी अफ हेल्थ साईन्स
  • राप्ती प्रादेशिक अस्पताल (केन्द्रीय आयुर्वेद विद्यापिठ, वेलझुण्डी दाङ्ग
  • अस्थायी कोभिड अस्पताल (लुम्विनी अस्पताल), बुटवल
  • भीम अस्पताल, भैरहवा

कर्णाली

  • सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल
  • अस्थायी कोभिड अस्पताल (सुर्खेत अस्पताल),

सुदुरपश्चिम

  • अछाम अस्पताल

कोभिड क्लिनिक संचालन गर्ने अस्पतालहरुः

  • यस अन्तर्गत निजी स्तरमा संचालित नर्भिक, अल्का, सुमेरु, वि.एण्ड वि., ह्याम्स, स्टार, विनायक, सहित स्मारक, मेडिसिटी, ग्राण्डी, डा. उपेन्द्र देवकोटा मेमोरियल ईन्स्टिच्युट, गणेशमान अस्पताल सहित अन्य १११ सरकारी अस्पताल तथा शिक्षण अस्पतालहरु रहेका छन ।

सरकारले यसरी कोभिड अस्पताल किटान गरेर नै सोही बमोजिम उपचार व्यवस्था गरेको अवस्थामा नियमित स्वास्थ्य समस्या रहेको अन्य विरामीहरुले अस्पतालबाट चिकित्सकीय सुविधा लिन डराउन पर्ने अवस्था रहेको छैन । तरै पनि अस्पतालहरुले विरामी भर्ना नगरी अकाल मै ज्यान जाने गरेका समाचारहरु पनि आई रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.