तहल्का नेपाल –

आफूलाई सामाजिक अभियान्ता बताउने युवक उत्तम कार्की स्वास्थ्यकर्मीमाथि अनावश्यक खानतलासी गरेको आरोपमा पक्राउ परेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिरहेका बेला स्वास्थ सम्बन्धि अत्यावश्यक काममा हिँडेका बागमती प्रदेश जनस्वास्थ्य प्रगोगशालाका निर्देशक नारायण कार्की चढेको गाडीमा नागढुंगामा त्यस प्रकारको अनधिकृत घटना प्रहरीकै सामुन्ने  भएको थियो ।

गत शुक्रबार चन्द्रागिरी नगरपालिकमा कोरोना संक्रमित भेटिएपछि प्रहरीले चेकजाँचलाई कडाई गरिरहेकै अवस्थामा ति युवकले खानतलासी गर्दै  निज प्रति दुर्व्यवहार गरेका थिए ।

निर्देशक कार्कीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरेको थियो । अत्यावश्यक कामले काठमाडौं आएको भनेर उनले बताउँदा बताउँदै ति युवकले उनको गाडी र झोलाको खानतलासी गरेको उक्त भिडियोमा स्पष्ट हेर्न सकिन्छ ।

प्रहरीकै उपस्थितिमा स्वास्थ्यकर्मीमाथि जवर्जस्ति ढँगले खानतलासी भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दवाव महसुस गर्न वाध्य भई निजलाई पक्राउ गरेको हो भन्ने चर्चा चलेको समेत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.