तहल्का नेपाल –

आइतबार प्रतिनिधिसभा बैठकमा निति तथा कार्यक्रम माथि वोल्ने क्रममा मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले आफूलाई मुस्ताङका धर्मगुरुले कोरोनाको उपचारमा प्रभावकारी हुने भन्दै  पठाएको हिमाली मह  परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको कुरा जानकारी गराएका हुन् ।

प्रतिनिधी सभामा वोल्दै सांसद तुलाचनले भने  ‘धर्मगुरुबाट कोरोना संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, त्यस अनुसार मैले सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएको छु’ ।

यदि यसको सकारात्मक नतिजा आएमा नेपालको प्राकृतिक महले विश्वबजार ढाकिने र मानिसहरु कोरोना संक्रमणबाट मृत्युवरण गर्न नपर्ने सांसद तुलाचनले दावी गर्दै आगामि बजेटमा हिमाली क्षेत्रमा जडिबुटीको अनुसन्धान केन्द्र खोल्नुपर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.