तहल्का नेपाल –

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको हो । १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको र आमाछोरा दुबैको स्वास्थ्य सामान्य रहेको बताईएको थियो ।

ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा गई उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो ।  यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो । टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको पुष्टि गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार आइतवार नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको । बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् । मृतक युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएको कुरा खुल्न आएको छ । उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानल बतएका छन् । यो सँगै नेपालमा हाल सम्म कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ  । उपचार अभावकै कारण निजको मृत्यु भएको भन्दै स्थानिय बासिन्दाले व्यापक आक्रोस पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.