तहल्का नेपाल –

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारिका कारण नेपालमा चैत ११ गते देखि बन्दाबन्दी सुरु भएको हो । नेपालमा पनि करोनाको कारणले हाल सम्म २ जना नेपालीले ज्यान गुमाएका छन् । केहि दिन देखि नेपालमा कोरोना संक्रामक क्रमश: देशको बिभिन्न भगमा फैलिरहेको तथ्य सार्वजनिक भईरहेको छ ।

सोहि क्रममा सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम भएको निष्कर्षसहित बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो । यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दीको अवधि बढाउन  सरकारलाई सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सामान्य आर्थिक जीवन र बन्दाबन्दीलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ मोडालिटीबारे छलफल भइरहेको जानकारी दिएका थिए । यसअघि सरकारकाले गरेको कृषि, औषधि उपचार, साना तथा ठूला आयोजना, खाद्यान्न, निर्माण सामग्रीसम्बन्धी उद्योग आवश्यक स्वास्थ्य सजगता अपनाएर सञ्चालन गर्न सकिने निर्णय यथावत् रहेको जानकारी गरएकाछन् ।

उहाँले एम्बुलेन्सबाट विरामी ओसारपसार गर्दा समेत भाइरस सर्नसक्ने र ढुवानीको साधनबाट अनावश्यक मानिस आवतजावत गरेको समेत पाइएको चर्चा गर्दै बन्दाबन्दीको औपचारिक ‘मोडालिटी’ अब बस्ने उच्चस्तरीय समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.