तहल्का नेपाल –

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिंदै नेपाल समाजवादी पार्टिका नेता तथा पुर्वमन्त्रि उपेन्द्र यादवले वर्तमान सरकारका नीतिले संघीयता धरापमा पर्ने जोखिम रहेको आशंका व्यक्त गरेका हुन् । नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको भन्दै उनले संघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक नै संकटमा पर्न सक्ने चेतावनीसमेत दिए । समग्र मुलुकको विकास गर्नका लागि सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडि बढाउनुपर्ने  जिकिर यादवले व्यक्त  गरेका  थिए ।  प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वन जंगल, उद्योग र गुठी लगायतका कुराहरू संघीय सरकारले आफैं सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको भन्दै उनले रोश प्रकट गरे ।

शासन गर्नेहरुको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि भारतीय अतिक्रणमा परेकोले सरकारले कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न  अग्रसर हुनुपर्ने सुझाव दिएका थिए ।

जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रित नगरि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएकोले पुर्वमन्त्रि यादवले नीति तथा कार्यक्रममा पुर्नविचार गरेर परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.