तहल्का नेपाल –

जेठ २ गते शुक्रवार राष्ट्रपतिद्वारा प्रस्तुत  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलको क्रममा एकल र संयुक्त गरि बिभिन्न पाँच वटा सँशोधन प्रस्ताव प्रस्तुत भएका छन् ।

संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगत्लाई मर्यादित र अनुशासन बनाउने उल्लेख भएको भन्दै पहिले सरकार आफू मर्यादित र अनुशासित हुनुपर्नेमा काँग्रेस सांसद डा मिनेन्द्र रिजालले जोड दिए ।  साथै वर्तमान अवस्थामा उत्पन्न हुने आर्थिक सङ्कटलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नीतिमा नभएको विचार व्यक्त गर्दै रिजालले संकटमा परेका जनतालाई तत्कालको समस्या समाधान गर्ने गरि आवश्यक कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका थिए ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको तर्फबाट संयुक्त संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद लक्ष्मणलाल कर्णले कृषि, उद्योग, पर्यटन, श्रमलगायत सबै क्षेत्रलाई तत्काल राहतको आवश्यकता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा कृषि प्राथमिकतामा नपरेको भन्दै संविधान संशोधन र सबैका अधिकार सुनिश्चित गर्न र लाल आयोगको प्रतिवेदन प्रकाशन गर्न  समेत मााग गरे। साथै उनले प्रदेश नं २ र कर्णाली प्रदेशका लागि विकास तथा समृद्धि गर्न एउटै कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेमकिपाका तर्फ बाट उम्मेदवार भै निर्वाचित साँसद रहेका संशोधन प्रस्तावकर्ता प्रेम सुवालले समाजवाद उन्मुख लेखेर मात्रै नहुने भन्दै त्यसका लागि उत्पादनका मुख्य साधनलाई सामाजीकरण गरी व्यक्तिलाई होइन समग्र जनतालाई अवसर दिनुपर्नेमा जोड दिए । अर्का संशोधन प्रस्तावकर्ता सरिता गिरीले नीति कार्यक्रम परम्परागत र औपचरिकतामा सीमित भएको साथै कोरोनाबाट परेको प्रभाव र जनतालाई राहतका बारेमा खासै सम्बोधन नगरेको विचार प्रस्तुत गरिन । साथै संशोधन प्रस्तावकर्ता दुर्गा पौडेलले नीति तथा कार्यक्रममा समाजवाद उन्मुखका लागि ठोस कार्यक्रम नभएको भन्दै अहिलेको अवस्थामा विकेन्द्रित र सन्तुलनको नीति अपनाउनुपर्ने कुरामा जोड दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.