तहल्का नेपाल –

कोरोनाभाइरस सङ्क्रमणविरुद्ध लड्न नेपाललाई अहिलेसम्म सबैभन्दा धेरै सहयोग गरेको देश चीनबाट जनमुक्ति सेनाको विमान सहायता सामान बोकेर बुधवार काठमाण्डौ ओर्लिने अधिकारीहरूले बताएका छन् ।

नेपाली सेनालाई चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीहरूका साथ चीनको वायुसेनाको एउटा विमान नेपाल आउने भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए अनुसार नेपाली सेनालाई सहायतास्वरूप दिने स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको ठूलो विमान काठमाण्डौ आउँदैछ ।

नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी भने दिएको छैन। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले वताय अनुसार चिनियाँ जनमुक्ति सेनाको विमान स्वास्थ्य सुरक्षा सामग्री लिएर काठमाण्डौ आउन लागेको हो । (बिबीसी नेपाली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.