तहल्का नेपाल –

कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनाको रिपोर्ट पोजिटिभ आएपछि आवश्यक सावधानी अपनाउन मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाउने निर्णय गरे सँगै यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ | मन्त्रालयका शाखा अधिकृत सहदेव गौतमले सार्वजनिक गरेको विज्ञप्तिमा जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्ध हुने उल्लेख गरिएको छ । उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान नपाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.