तहल्का नेपाल –

तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको मध्ये एक जना २५ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको छ भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बैसाख ३० गते स्वास्थ्य मंत्रालयबाट जारी गरिएको प्रेस वक्तव्य अनुसार कपिलवस्तु नगरपालिका वडा नं. १ का वासिन्दा हुन् । उक्त अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । त्यसै गरी दुई जना वीरगञ्जका पत्रकार समेतमा यो भाईरस देखा परेको छ । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो । यि पत्रकार वाट वीरगंजका उच्चतहमा रहेका व्यक्तिहरुमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गर्न सकिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.