तहल्का नेपाल –

नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्साका ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन ।

पर्सामा थपिएका संक्रमितमध्ये दुई जना वीरगञ्जका पत्रकार समेत २५ जना वीरगञ्ज महानगरपालिकाका रहेका छन् । उनीहरु १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् । यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा थप दुई जाना २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसै गरी नपालको पश्चिम भागमा समेत कोरोना संक्रमितको संख्या बढेसँगै भारतीय सीमासगँ जोडिएको रुपन्देहीका सात स्थानीय तहमा आवगमन बन्द गर्ने निर्णय गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिती र सीमा क्षेत्रका स्थानीय तहका अध्यक्षहरुको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमणको नियन्त्रणका लागि अगामी बैठकहरुबाट थप रणनीति तय हुने जानकारी दिईएको छ |

सीमावर्ती क्षेत्रमा संक्रमण देखिने थालेपछि संक्रमणलाई फैलिन नदिनका सीमावर्ती क्षेत्रमा आवतजावतमा रोक लगाइएता पनि सबै संक्रमित भारतबाट राति लुकेर मुलुकमा भित्रिएका हुन् | रुपन्देहीमा पुष्टि भएका १६ जना सबै संक्रमित सीमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रकै वासिन्दा रहेको वुझिएको छ । । प्रशासनलाई छलेर अझै भित्रिने क्रम जारी छ । वैसाख ३० मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारि दिए अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा र काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.